Monday, 26 September 2011

Buddha Air Crash

नेपाल छाड्ने तयारी गर्दागर्दै संसार छाडे




काठमाडौं, असोज ९- 'मैले नेपालमै बसेर समुदायमा आधारित स्वास्थ्यसम्बन्धी धेरै कुरा सिक्ने र सुरुवात गर्ने अवसर पाएँ, म अब जाँदैछु, तर जहाँ गए पनि नेपालमा सिकेको ज्ञान फैलाइरहनेछु।'
पाँच वर्ष लामो नेपाल बसाइ सकेर फिलिपिन्स जान लागेका ५८ वर्षे डा. पंकज मेहताले गत शुक्रबार आयोजित बिदाइ समारोहमा भनेका थिए, 'नेपाल मेरो मुटुमा छ, सधैं रहिरहनेछ।'


युनिसेफ नेपालमा काम गर्ने मेहताले यहाँको बालमृत्यु र मातृमृत्यु दर घटाउन उल्लेखनीय योगदान पुर्‍याएको सम्बद्ध विज्ञहरू बताउँछन्। सहकर्मीहरूका अनुसार नेपालमा उनले लागू गरेको समुदायमा आधारित नवजात शिशु, एकीकृत बाल बचाउ र पोषण कार्यक्रमको अवधारणा युनिसेफले धेरै विपन्न मुलुकमा अपनाउँदैछ।
अमेरिकी सहयोग नियोग (युएसएड) नेपालका स्वास्थ्य निर्देशक एन प्यानिस्टनको हात्तिसारस्थित घरमा भएको बिदाइ समारोहमा मेहताले नेपाल छाड्नुपरेकोमा घरिघरि दुःख व्यक्त गरे।

बसुञ्जेल यहाँका हिमालसँग लोभिएका र फेसबुकको 'वाल'मा समेत हिमाली क्षेत्रमै खिचिएको तस्बिर राखेका उनले आफ्ना सहकर्मीहरूलाई भनेका थिए, 'म एक वर्षअघि नै माउन्टेन फ्लाइटमा गइसकेँ, तर श्रीमती गएकी छैन। उसलाई एकचोटि नलगी म नेपाल छोड्दिनँ।'

नेपाल छाड्नुअघि अन्तिमचोटि श्रीमतीसित माउन्टेन फ्लाइटमा जाने त्यही धोकोले आइतबार ज्यान लियो मेहता र उनकी अन्दाजी ५५ वर्षीया श्रीमती डा. छायाँको।
'माउन्टेन फ्लाइटमा जान्छु त भन्दै थिए, तर आजै जान्छु भनेर साथीभाइसँग सेयर गरेका थिएनन्, बिदाको दिन एक घन्टामै फर्किहालिन्छ भनेर होला,' युनिसेफ नेपालमा कार्यरत उनका निकट सहकर्मी डा.सुधीर खनालले आइतबार नागरिकसँग भने।
'नेपाल छाड्ने साता संसारै छाड्ने साता बन्यो।'

पाँचवर्षे बसाइ
भारतको कोलकाता स्थायी घर भएका मेहता पाँच वर्षअघि युनिसेफको लैनचौरस्थित दक्षिण एसिया क्षेत्रीय कार्यालयमा खोप परामर्शदाताका रूपमा आएका थिए। दुई वर्ष त्यहाँ रहेपछि युनिसेफ नेपालको राष्ट्रिय कार्यालयमा स्वास्थ्य प्रमुखका रूपमा काम गर्न थाले। यस अवधिमा उनले नेपालका धेरै दुर्गम ग्रामीण क्षेत्र चाहारे।

उनलाई बढुवा गरी पोषण, बाल स्वास्थ्य र एचआइभीसमेत हेर्नेगरी फिलिपिन्स खटाइएको थियो। उनी अर्को साता नेपाल छाड्दै थिए। उनकी श्रीमती छायाँ आँखा रोग विशेषज्ञ हुन्। उनी तीन वर्षदेखि किस्ट मेडिकल कलेजमा प्राध्यापन गर्दै आएकी थिइन्।

अन्तिम साताको नेपाल बसाइमा रहेका मेहता केही दिनयता सहकर्मीहरूले दिने बिदाइ भोजमा व्यस्त रहँदै आएका थिए। अघिल्लो शनिबार स्वास्थ्य सेवा विभाग र एक्स्टर्नल डेभलपमेन्ट पार्टनर (इडिपिज) का सदस्यहरूले त्रिपुरेश्वरको एउटा रेस्टुरेन्टमा बिदाइ भोज गरेका थिए। उक्त कार्यक्रममा उनले भनेका थिए, 'म यो सरुवालाई नेपालमा सिकेको ज्ञान अन्यत्र फैलाउने अवसरका रूपमा लिन्छु।'

अर्को शुक्रबार युनिसेफका सहकर्मीले त्यस्तै भोज गर्ने तयारी थियो। 'त्यो कार्यक्रममा युनिसेफका हामी सबै सहकर्मीले उनीसँग खिचाएका तस्बिर र त्यससँग जोडिएका सम्झना समेटिएको एउटा किताब तयार पारेर दिने चाँजो मिलाएका थियौं,' उनले भने, 'अब त्यो किताब उनको परिवारका सदस्यलाई भए पनि दिन्छौं।'

मेहताका जेठा छोरा कैयुर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमडी तेस्रो वर्ष अध्ययनरत छन्। आगामी नोभेम्बरमा कैयुरको बिहे गर्ने तय भएको थियो। कान्छो छोरा धबल अमेरिकामा पढ्दैछन्। ९० वर्षे पिता कोलकातामै बस्छन्।

योगदान
बाल र जनस्वास्थ्य विशेषज्ञ मेहताले नेपालको मातृ र बाल स्वास्थ्य क्षेत्रमा धेरै राम्रा काम सुरु गरेका थिए। उनले समुदायमा आधारित नवजात शिशु र एकीकृत बाल बचाउ कार्यक्रमलाई प्राथमिकतामा पार्न नेपाल सरकार र दातृ निकायमा समेत 'लबिङ' गरे।
सहकर्मीहरूका अनुसार पोषण क्षेत्रमा 'बहुक्षेत्रीय योजना' बनाउनमा उनले दातृ निकायका तर्फबाट नेतृत्व नै गरेका थिए। नेपाल स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षणअनुसार सन् २००१ देखि २०१० सम्म आइपुग्दा पोषण अवस्थामा सुधार नआएपछि उनले यसलाई प्राथमिकतामा नराखे बालबालिकको जीवन रक्षा नहुने धारणा राख्दै आएका थिए।

उनले नेपालमा पोषणको क्षेत्रमा काम गर्न 'नेपाल न्युट्रिसन ग्रुप' नामक समूह खडा गरे। 'त्यसको प्रतिफल आउन थालिसकेको थियो, युएसएआइडी, नेपाल हेल्थ सेक्टर कार्यक्रम र विश्व स्वास्थ्य संगठनले थुप्रै पैसा राखिसकेका थिए,' डा.खनालले भने, 'तर उनले प्रतिफल देख्न पाएनन्।'

सेभ दी चिल्ड्रेनका स्वास्थ्य तथा पोषण कार्यक्रम प्रमुख डा.आशिष केसीका अनुसार मेहताले नेपालमा थालेका स्वास्थ्यसम्बन्धी धेरै कार्यक्रम अहिले 'सफलताको सिँढी' चढ्दैछन्।

स्वभाव
मेहता निकै रमाइलो गर्ने स्वभावको भएको उनका सहकर्मीहरू सम्झन्छन्। उनी जैन धर्म मान्ने भएकाले मासु खाँदैनथे। आफ्नै खर्चमा पार्टी दिँदा पनि मासुको पैसा नतिर्ने उनको स्वभाव थियो। 'म तिमीहरूलाई खुवाउन लैजान्छु, अरू सबै मै तिर्छु, मासुको तिमीहरूले नै तिर्नुपर्छ,' अक्सर जमघटमा मेहताले भन्ने गरेको सम्भि्कए खनालले।

बिदाइको तयारीमा किस्ट
किस्ट मेडिकलमा डा. छायाँको सम्झौता अक्टोबरसम्म थियो, तर उनले त्यसअघि नै कलेज छाड्ने जनाउ दिइसकेकी थिइन्।

'तीन वर्षअघि दसैंको अष्टमीकै दिन नेपाल आएकी थिएँ, सायद अब अष्टमीकै दिन नेपाल छोड्छु,' औपचारिक रूपमा कलेज छाडिनसकेकी छायाँको भनाइ उद्धृत गर्दै किस्ट मेडिकल कलेजका प्रिन्सिपल टिपी थापाले भने, 'सि वाज गुड टिचर (उनी असल प्राध्यापक थिइन्), हामी उहाँको फेयरवेल (बिदाइ) को तयारीमा थियौं, आजै दुःखद समाचार सुन्नुपर्‍यो।'


विमान चालक जयबुद्ध ताम्राकार
माउन्टेन फलाइटका पाइलट जयबुद्ध ताम्राकार बिश्व निकेतन माध्यमिक बिद्यालय त्रिपुरेश्वरबाट एसएलसी तहको पढाइ पूरा गरेका थिए। संयुक्त राष्ट्र संघको टेक्सासबाट पाइलट बिषय पढेका थिए।
उनी आइतबार बिहान ५ बजे उडानका लागि घरबाट हिँडेका थिए। अन्य दिन बुद्ध एयरकै गाडी लिन आउनेमा सो दिन नआएपछि उनले घरकै निजी कार लिएर घरबाट निस्केको उनका दाजु प्रवुद्ध ताम्राकारले बताए। यस भन्दा अघि उनले पहिला ठूलो विमान चलाएका थिए। उनी पूर्वमन्त्री रामकृष्ण ताम्राकारका कान्छा छोरा हुन्। दुई भाई मध्य दाजु व्यापार पेशा गर्छन्।

उनका सहपाठी साथी तथा विमान चालक सुनिल राणा आइतवार उनको शव ल्याएको स्थान त्रिविवि शिक्षण अस्पताल महाराजगंज पुगेका थिए। उनले अमेरिकामा संगै अध्ययन गरेको र सन् २००५ देखि यति एयर-४२ को कमाण्डर चालकको रुपमा काम गरेका थिए। चालक राणाका अनुसार ताम्राकार कुशल चालक थिए।'उनी सकरात्मक मान्छे हुनुहुन्थ्यो'उनले भने।


क्याप्टेन पद्मा अधिकारी
२७ वर्षीया पद्मा कोपाइलटबाट क्याप्टेन भएको दुई महिनामात्रै भएको थियो। गौरीघाटकी उनले ३ हजार २ सय ६६ घन्टा उडाइसकेकी थिइन्। दक्षिण अफ्रिकाबाट पाइलट कोर्स सकेकी पद्मा पाँच वर्षदेखि बुद्धका जहाज उडाइरहेकी भिनाजु पुष्कर न्यौपानले बताए। चार दिदीबहिनीमध्ये कान्छी पद्माका दाजु प्रवीण पनि पाइलट हुन्। उनका बुबा अवकाशप्राप्त एसपी हुन्।


एयरहोस्टेज अस्मिता श्रेष्ठ

एयरहोस्टेज अस्मिता श्रेष्ठले गत माघमा पहिलो पटक एयरहोस्टेजको जागिर खान छोडेकी हुन्। पुर्ख्यौली घर कुपण्डोलमा वस्दै आएकी थिइन्। टि्रटन कलेज बानेश्वरबाट उनले १२ कक्षासम्मको पढाई पुरा गरेकी उनले एयरहोस्टेज पेशा सुरु गरेपछि थप अध्यन स्थगित गरेकी थिइन्। उनी माउन्टेन एयरको उडानको लागि बिहान ६ बजे घरबाट निस्केकी थिइन्।
श्रेष्ठ परिवारको दुई छोरी मध्य उनी जेठी छोरी हुन्। उनी २० बर्षमा प्रवेश गरेकी थिइन्। श्रेष्ठ आफ्नै इच्छाले गर्दा एयरहोस्टेज पेशा अंगाल्न पुगेको उनकी साथी स्कोरिना लामाले बताइन्।


घटनास्थलमा जीवित उद्धार, अस्पतालमा मृत्यु

प्लिज मलाई बचाउनोस्।'

झन्डै २०/२५ जनाको भीड आवाज आएतिर दगुर्‍यो। मानिसको सग्लो शरीर कतै थिएन। जहाजका पाटपुर्जा छरपस्ट।
'सारै दुख्यो,' भुइँमा रक्ताम्मे लडिरहेका एक व्यक्तिको कारुणिक आवाजले भीड रोकियो। उनको गर्दन र काखीमुनिबाट रगत बगिरहेको थियो। तैपनि बोलिरहेका थिए।

'घटनास्थलमा उनी एक्ला जीवित थिए,' ललितपुर लामाटार-७ का राज केसीले भने।
घटनास्थल ललितपुरको कोटडाँडा पुग्ने पहिलो समूहमा थिए, केसी। उनीसँगै थिए विजय पाठक पनि। 'आज विमान किन यति नजिक उड्दै छ भनेर हामी अचम्म मानिरहेका थियौं,' केसीले भने '२० सेकेन्ड बित्न नपाउँदै ठूलो आवाज आयो, आगोको मुस्लो निस्कियो।'

धुवाँको मुस्लोतिर दगुर्दै केसीसहित केही गाउँलो १० मिनेटमा घटनास्थल पुगे। मृत्युसँग जुधिरहेका ललितपुर कुसुन्तीका निरञ्जन कर्माचार्य गुहार मागिरहेका थिए, 'प्लिज मलाई बचाउनोस्।'


डा. जगजन कर्माचार्य बुधबार मात्र नेपाल आएका थिए। काठमाडौंको लिंकन स्कुलबाट एसएलसी गरेका उनले अमेरिकाबाट एमबिबिएस गरेका थिए। उनी अमेरिका बसेको १५ वर्ष भइसकेको थियो।

कुसुन्तीमा रहेकी आमा मृगौलाको बिरामी भएकाले भारतको नयाँ दिल्ली आउँदा उनी यसपालि नेपाल छिरेका थिए। अमेरिकी साथी नेटाली नेइल्यान पनि दिल्लीबाट सँगै आएकी थिइन्।

मंगलबार अमेरिका फर्किने टिकट लिइसकेका जगजनलाई नौलो अनुभव गर्न मन लाग्यो - माउन्टेन फ्लाइट। नेइल्यानको पनि यसमा रुचि थियो। साथ दिन तयार भए जगजनका भाइ निरञ्जन र उनकी पत्नी शारदा। चार दाजुभाइमध्ये माहिला र साहिला अमेरिकामै थिए।

'डेढ-दुई घन्टामा फर्किहाल्छौं,' आइतबार बिहान माउन्टेन फ्लाइटमा निस्कनुअघि जगजनले भनेको सम्झँदै थिए उनका मामा गंगा गिरी। ललितपुरको बिएन्डबी अस्पताल परिसरमा उनले नागरिकसँग भने, 'सबै आफन्तलाई खबर गर्नु, बेलुका फ्यामिली ग्यादरिङ (पारिवारिक जमघट) गर्नुपर्छ।'
...

'कहाँ खबर गर्ने, कसलाई भन्ने, सुरुमा त सोच्नै सकेनौं,' कोटडाँडाबाट निरञ्जनलाई जीवितै उद्धार गरी बिएन्डबी अस्पताल ल्याएका दुईमध्ये केसीले भने।

'हामी स्ट्रेचर खोज्न गाउँतिर छिर्‍यौं। पानी परिरहेको थियो। बाटो हिलैहिलो। बल्लतल्ल निरञ्जनलाई स्ट्रेचरमा राखेर कोटडाँडाबाट तल झर्‍यौं।'

त्यही बेला उद्धारमा गएका प्रहरी भेटिए। निरञ्जनलाई अस्पताल पुर्‍याउन उनीहरूले प्रहरीसँग गाडी मागे। तर, प्रहरीले मानेनन्।

'उहाँ एकजना मात्र जीवित हो, त्यसैले बचाउनुपर्छ। तपाईंहरूको गाडीमा अस्पतालसम्म लैजानुपर्‍यो,' प्रहरीसँग गरेको अनुरोध केसीले सुनाए, 'प्रहरीको गाडीमा मिल्दैन, एम्बुलेन्समा लैजानोस् भने।'

उनीहरूले स्ट्रेचरमै राखेर निरञ्जनलाई विशंखुनारायण थानसम्म ल्याउँदा झन्डै आधा घन्टा लागेको थियो। त्यतिबेला विशंखुनारायणमा एम्बुलेन्स आइसकेको थियो।

'मलाई दुख्यो, कोल्टे फेरिदिनु,' एम्बुलेन्सभित्र निरञ्जनले केसी र पाठकसँग दुईपटक भनेका थिए। उनले पटकपटक छिटो अस्पताल पुर्‍याउन पनि आग्रह गरे। तर, अस्पताल नजिकिँदै जाँदा उनको सम्झना शक्ति हराउँदै गयो।

'मलाई के भयो? कहाँ जान लाग्या हामी?' सातदोबाटो नजिक आइपुग्दा निरञ्जनले सोधेका थिए।


साढे नौ बजेतिर निरञ्जन र जगजनका वृद्ध आमाबुबा अस्पताल पुगे। जेठो छोरा र कान्छी बुहारीको घटनास्थलमै मृत्यु भएको खबर सुनेपछि उनीहरू कान्छो छोराको आसमा थिए। तर, उनको पनि मृत्युको खबर आएपछि वृद्ध आमाबाबु रुँदै अस्पतालबाट बाहिरिए।
बाबु लक्ष्मीदासले श्रीमतीलाई सम्हाल्दै ट्याक्सीमा राखे र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लागे, जेठो छोरा र कान्छी बुहारीको शव बुझ्न।

असहयोग गरेको होइन : भोगबहादुर थापा, एसपी- ललितपुर

घटनास्थल जाँदै गर्दा घाइते निरञ्जन कर्माचार्यलाई स्ट्रेचरमा ल्याइँदै थियो। उद्धारमा खटिएका स्थानीयले अस्पताल लैजान हाम्रो गाडी मागे। बाटो साँघुरो थियो। फर्काउन नमिल्ने भएकाले हामीले एम्बुलेन्सलाई खबर गरिसकेकाले 'तपाईंहरू तल जाँदै गर्नुस्, एम्बुलेन्स आइसकेको हुन्छ' भनेका थियौं।

माथि पुगेपछि एउटा मोडमा गाडी फर्काउन मिल्यो र हामीले उद्धारमा खटिएकालाई फोन गरी 'तपाईंहरू कहाँ पुग्नु भो हामी आउँदैछौं' भन्दा उहाँहरूले 'एम्बुलेन्समा राखिसक्यौं' भन्नुभयो। त्यसपछि फेरि हामी घटनास्थल लाग्यौं।


कोतडाँडामा यस्तो देखियो


श्याम भट्ट/सुन्दर खनाल- महाभारत शृङ्खलाबाट उत्तर हाँगोजस्तो भएर निस्केको कोतडाँडामा विमान ठोक्किँदा सबैभन्दा नजिक थिए हरि थापाको परिवार। उनीहरूको छाप्रोलाई मात्रै दस फिट दुरीमा छाड्दै बत्तेको विमान ३० मिटर अगाडि उच्चाइलो कान्लामा बज्रियो। त्यसअघि पंखाले छाप्रा मुनिको कान्ला लछार्‍यो, अग्रभागले सामुन्नेका दुइटा लप्सीका रुख च्याट्टै छिनाल्यो र बारबुर पारेर बनाइएको शौचालय उडायो।
पत्नी मुना र छोरा सुवाससँग चिया पिइरहेका ५५ वर्षीय हरिले विमान धस्रेर आएको कम्पनलाई गत साताको भूकम्प दोहोरिएको ठाने। लगत्तैका दुई विस्फोटलाई कतै घर भत्क्यो होला भन्ने सोचे। त्रस्त अवस्थामै तीनैजना भित्र बसिरहे। गाउँलेहरू आएर हल्लाखल्ला गरेपछि मात्र निमेषको संयोगले आफूहरू बचेको उनीहरूले थाहा पाए।
पूर्वबाट दक्षिण फन्को मार्ने क्रममा विमान सिधा जोतिइसक्दा गाउँलेहरूले दुर्घटनाको भेउ पाएका थिएनन्, आगोजस्तो राताम्य मुस्लोले कोतडाँडाको आकाश नढाकेसम्म। उनीहरूका अनुसार लगभग साढे सात बजेको त्यो समय कोतडाँडामा बाक्लो कुहिरोले ३० मिटर पर पनि केही देखिँदैनथ्यो।

लामाटार-७ र विशंखु-३ को सीमा कोतडाँडाको बारथुम्की भनिने त्यो विन्दु फेदीबाट मुश्किलले एक किलोमिटर 'एरियल डिस्टेन्स'मा छ। दुर्घटनास्थल पुग्न पूर्व लामाटारबाट हिँडे वनको बाटो ४५ मिनेट लाग्छ भने पश्चिम विशंखुनारायण मन्दिरबाट उक्ले मात्रै आधा घन्टा। त्यति वरै विमान कसरी ठोक्किन आइपुग्यो भन्ने विश्मयसँगै गाउँलेहरू आँखाअगाडि भएको दुर्घटनाबाट हतप्रभ थिए। सबैसँग आआफ्नै भयावहपूर्ण अनुभूति।
'म अहिले पनि पूरै होसमा छैन,' दुई कोठे छाप्रोको एक कोठामा परिवार बसी अर्कोमा दुई गाई र पाँच बाख्रा पालेका थापा भन्दै थिए, 'धन्न हामी चाहिँ बाँच्यौं।'

कोतडाँडाकै करिब ८५ घर भएको घना बस्तीबाट विस्फोट र मुस्लो पछ्याउँदै केही युवाहरूसँगै ओर्लेका प्रेम लामाले घटनास्थल पुग्दा निराजन कर्माचार्यलाई जीवित भेटेका थिए। 'उनी विमानको बायाँ कान्लातर्फ लडेर 'बचाउ बचाउ' भन्दै कराइरहेका थिए,' उनले भने, 'मलाई अस्पताल लानुस्, मलाई दुख्यो भन्दै थिए। ढाडतिर दुख्यो भनेपछि सजिलो होस् भनेर हामीले नजिकै भेटिएको ब्याग राखिदियौं।'

'उनका खुट्टा मासुका भरमा झुन्डिएका थिए। मुखभरि चोट, रगत बगिरहेको। साथीहरूले कोतडाँडा गुठीबाट स्ट्रेचर ल्याएर लैजाँदासमेत उनी बोल्दै थिए। एम्बुलेन्सलाई १०२ मा फोन गरेर बोलाए पनि समयैमा आएन। केही भाइहरूले उनलाई स्ट्रेचरमै डाँडाबाट ओराले। विशंखुनारायण्को मन्दिर पुगेपछि एम्बुलेन्स आइपुगेछ,' लामाले भने।

पदाली सामुदायिक वन क्षेत्रमा पर्ने दुर्घटनास्थलबाट करिब ३ सय मिटर पश्चिम घरमा बसिरहेकी बसनी चन्द विस्फोट र आगोको मुस्लो देखेर आत्तिएर आँगनमै लडिन्। उनका जेठाजु-जेठानी लक्ष्मीराम र सानुमैयाँ त्यतै दौडे। कोतडाँडाबाट युवाहरू झर्दै थिए। त्यतिबेलै दुर्घटनाग्रस्त विमानबाट जोडले ग्यास लिक भयो र भागाभाग पर्‍यो।


ग्यास कम भएर गाउँलेहरू नजिक पुगेपछि मात्र कर्माचार्यको आर्तनाद सुनिएको थियो। त्यतिखेर घटना भएको २० मिनेट नाघिसकेको थियो।
स्थानीय कोतडाँडा पर्यटन सरोकार समाजका महासचिव कर्ण तामाङ स्वयं महानगरीय प्रहरी प्रभाग बाँडेगाउँ पुगेर घटना जानकारी गराएका थिए। दुई प्रहरी तत्काल घटनास्थल लागे। प्रहरी टोलीपछि सशस्त्र प्रहरी र सेनाको टोली घटनास्थल पुग्दा साढे आठ बजेको थियो।

तामाङका अनुसार कर्माचार्यको उद्धार गर्दा अधिकांश शव विमानभित्रै थिए, केही मानव अंग मात्र बाहिर छरिएका। उद्धारका लागि सेनाको रेञ्जर गणको डार्ट समूह (डिजास्टर एसेसमेन्ट एन्ड रेस्क्यु टिम) समेत पुग्यो। रेस्क्यु टिमका चिकित्सक डा. सुनिल श्रेष्ठका अनुसार अधिकांश शव सग्लै भेटिए।

नागरिककर्मीहरू ९ बजे घटनास्थल पुग्दा शव संकलनमा सेना, सशस्त्र र प्रहरी व्यस्त थिए। एघार बजेभित्र सबै शव उठाइसकिएको थियो। घटनास्थलमा बाक्लो भीड लागेको थियो। सेनाको एमआई-१७ हेलिकोप्टर घटनास्थलमा बस्न नसक्दा वरिपरिका रूख काटेर ठाउँ बनाइयो। सुरुमा लक्ष्मीराम चन्द ठकुरीको बारीमा हेलिकोप्टर बसाइएको थियो। विमानको एउटा ठूलै मेसिनरी भाग घटनास्थलबाट सय मिटर पर भेटिएको थियो।

Sunday, 25 September 2011

Heart Touching Inspirational Story "whom to blame"

Heart Touching Inspirational Story "whom to blame" Must Read for All.

A Boy was born to a couple after eleven years of marriage. They were a loving couple and the boy was the gem of their eyes. When the boy was around two years old, one morning the husband saw a medicine bottle open. He was late for office so he asked his wife to cap the bottle and keep it in the cupboard. His wife, preoccupied in the kitchen totally forgot the matter. The boy saw the bottle and playfully went to the bottle fascinated by its color and drank it all. It happened to be a poisonous medicine meant for adults in small dosages. When the child collapsed the mother hurried him to the hospital, where he died. The mother was stunned. She was terrified how to face her husband. When the distraught father came to the hospital and saw the dead child he looked at his wife and uttered just five words.

QUESTIONS:

1. What were the five words?
2. What is the implication of this story?
Scroll down...
down.
down...
down...
down...
down...

ANSWER :

The husband just said "I am with you Darling"
The husband's totally unexpected reaction is a proactive behavior. The child is dead. He can never be brought back to life. There is no point
in finding fault with the mother. Besides, if only he had taken time to keep the bottle away, this would not have happened.
No one is to be blamed. She had also lost her only child. What she needed at that moment was consolation and sympathy from the husband.
That is what he gave her.
If everyone can look at life with this kind of perspective, there would be much fewer problems in the world. "A journey of a thousand miles
begins with a single step." Take off all your envies, jealousies, unforgiven, selfishness, and fears. And you will find things are actually not as difficult as you think.

MORAL OF THE STORY :
Sometimes we spend time in asking who is responsible or whom to blame, whether in a relationship, in a job or with the people we know. By this way we miss out some warmth in human relationship.

PUNYA PRASAD SAPKOTA
25-09-2011

Tuesday, 20 September 2011

Nothing can stop Palestinian UN Bid.!!!!!!!!!!!!!!!!!!


(CNN) -- During the course of the United Nations General Assembly the Palestinians have indicated that they will formally ask the world body for recognition of "Palestine" as a new member state. Palestinian Authority President Mahmoud Abbas has told U.N. Secretary-General Ban Ki-moon he will officially submit the statehood request on Friday which will ask that the U.N. Security Council take up the issue of Palestinian statehood.
Despite much talk of a U.N. vote on Palestinian statehood this week, neither of the organization's two major organs, the Security Council and the General Assembly are expected to take immediate action on the request.
Why is this move happening now?
The Palestinian Authority leadership says they are making the request for statehood now for a few reasons. Firstly, they argue that over the course of the past two years the Palestinian Authority has made great progress in building the infrastructure necessary for maintaining a sovereign state. They point to the various improvements in governance, security, and physical infrastructure as indicators of their readiness.
Palestinians also point to the September 2011 date that U.S. President Barack Obama laid out over a year ago as the deadline for the successful negotiation with Israel for a two-state solution. The Quartet of Middle East peace, made up of the U.N., European Union, Russia, and the U.S. also set this month as the target date for a negotiated deal. With that deadline not having been met Palestinian leaders argue that that the best way to enhance the chances for peace moving forward is for international recognition of a Palestinian state.
Showdown at U.N. for statehood
Israel ensuring voice is heard
Palestinian Authority looks to future
How to achieve U.N. membership
Who is agreeing with the Palestinians' demand, and who is disagreeing?
In the 15-member Security Council, the one body that can confer full U.N. membership, the Palestinians enjoy the support of a majority of the countries. But the United States, which as one of the five permanent members holds veto power, has pledged it will vote down the statehood bid, ending the Palestinians' chance to win full membership.
In the General Assembly, where a vote would be non-binding, the Palestinians enjoy the support of more than 120 of the 193 members and passage of a statehood resolution would be all but assured.
Why do the U.S. and Israel oppose the call?
Both the U.S. and Israel consider the Palestinian strategy a unilateral move that will only hinder the possibility of reaching a peaceful settlement to the Middle East conflict. U.N. action, both countries argue, does not take the place of direct negotiations. Speaking recently to reporters, U.S. Secretary of State Hillary Clinton said: "We believe strongly that the road to peace and two states living side by side does not go through New York, it goes through Jerusalem and Ramallah."
Israel calls for peace talks amid Palestinian statehood push
Surely, if the U.S and Israel don't agree then it won't mean any difference on the ground?
Without the acknowledgement of Israel and the U.S., United Nations recognition of a Palestinian state based on armistice lines that existed before 1967 is largely a symbolic move. Israeli Prime Minister Benjamin Netanyahu has rejected these lines as the basis for a Palestinian state, calling them "indefensible." Therefore the borders, airspace, and movement of people in a new "Palestine" would continue to be controlled by the Israeli military and it would be unlikely to change the presence of about 300,000 Israeli settlers in the West Bank.
If a Palestinian state is recognized, what could that mean for relations/negotiations with Israel?
Many believe recognition of a Palestinian state would exacerbate already poor relations between the Palestinian Authority government and Israel. Some politicians in Israel have called for unilateral responses to the Palestinian bid including the outright annexation of territory in the West Bank, the withholding of tax revenue collected on behalf of the Palestinians, and the cancellation of various parts of the 1993 Oslo accords that created the Palestinian Authority. Potential moves like this and what some believe could be a rising level of Palestinian frustration at unmet expectations could add a great deal of tension on the ground and contribute to the possibility of an outbreak of violence. Palestinian Authority leadership maintains that recognition would help put pressure on Israel to be more reasonable in future negotiations.
Is there risk in this move for the Palestinian Authority?
Beyond the potential response from Israel, the Palestinian bid at the U.N. is risky. The U.S. is opposed to the move and lawmakers in congress have threatened to pull the plug on hundreds of millions of dollars in annual American aid. Others say the move will unrealistically raise expectations of Palestinians and, if little actually changes on the ground, could contribute to regional tensions. The Palestinian Authority could also risk losing support from its own people. The Hamas political faction, which controls Gaza, does not support the U.N. strategy and there are concerns among the Palestinian refugees in the region that the statehood bid could compromise their "right of return" to their homeland.
Would U.N. recognition give the Palestinians anything substantive?
Recognition by the United Nations could potentially give Palestinians greater access to international bodies like the International Criminal Court and the Human Rights Council. Venues like these could serve as a place for Palestinians to file legal challenges to Israeli practices and exert more international pressure on Israel.
What's the current state of negotiations between Israel and the Palestinians?
Currently there are no talks going on between Israeli and Palestinians. Talks fell apart a year ago over disagreements on the issue of Israeli West Bank settlements. Coming off a self-imposed 10-month halt in settlement construction, Israel said it would not renew the freeze. This led the Palestinians to quit the negotiations. In an effort to head off the Palestinian's statehood request at the U.N. the United States and various European countries have been engaged in 11th hour diplomacy to get the talks restarted but few expect a breakthrough deal.

Saturday, 17 September 2011

मेरो सपना (My Dream)

                                       मेरो सपना

      आखा भरि आसु हृदय भरि घाउ अनि मुटुभरी आफ्नो परिवार र गाउघरको माया बोकेर साहुको ऋण तिर्ने अनि सुन्दर भबिस्यको सपना बोकी दोहा कतारमा आयकों पनि ३ वर्ष पुरा भै सकेछ, तर पनि साहुको ऋण र मेरा सुन्दर सपनाहरु आजै पनि बाकीनै छन्। यसका साथ साथै मैले धेरै अरु सपनाहरु पनि देखने गरेको छू जून जिबनलाई सार्थक बनाउने देखि लियर, सुन्दर समाजको निर्माण गर्ने पनि रहेका छन। तर आज म ति सपनाहरुको बारेमा चर्चा गर्न पट्टी लाग्दिन किनकि ति सपनाहरुको चर्चा गर्न पट्टी अहिले लागे भने मैले सुत्नु पर्ने समयलाई पनि गुमाउनु पर्ने छ। मेरो सुत्ने समय निश्चित गरिएको छ। बाकी समय सबै मैले कम्पनीको काम गर्नु पर्छ। आज मेरो सपना ती उदेश्य प्राप्तीका लागी देख्ने गरेका भन्दा खतर्नाक र डरलाग्दो छ। हामीहरु सबैले सपना त देख्ने गर्छौ तर त्यसलाई वास्तविक जिबन सग र समाज सग मुल्यांकन गरेर हेरिदैन त्यसै भुली दिन्छौ। त्यसैले तपाईं हरुलाई म अब हिजोराति मैले देखेको सपना को कहानी भन्न गैरहेछु। मलाई यो भन्न लाग्दै गर्दा एकातिर निकै डर लागि रहेको छ भने अर्को तिर भित्र भित्रै आगोको ज्वाला दन्की रहेको छ। त्यही सपनाले गर्दा मलाई केहि शब्द लेख्नलाई आतुर गरायो जुन मेरो दिमागमा आझै ताजा छ. र त्यो यस प्रकार रहेको छ ।
      घटना स्थल मलाई राम्रो सग थाहा भएन कुनै नयाँ ठाउँ हुन पर्छ। जहाँ म र मेरी जिबन संगिनी हुन्छौ र चारै तिरबाट केहि हात हतियार सहितका मानिसहरुले हामीहरुलाई घेरा हालिएको हुन्छन । थाहा छैन हामीहरु त्यस्तो अबस्थामा कसरि पुग्यौ। हामीहरु नाग्गीएका हुन्छौ मुस्किलले हाम्रो सरिरको लाज ढाक्ने बस्त्रहरु पनि हुदैन। ति हतियार सहितका गुन्डाहरु म माथि आक्रमण गरि मेरो जिबन संगीको अस्मिता लुट्न खोग्दै हुन्छन। हामी दुइ निरिह प्राणी हुन्छौ। म आफु माथि भएको प्रहारलाई बेवास्ता गर्दै मेरी संगीनिको अस्थित्व बचाउन खोजी रहेको हुन्छु तर उनीहरुलाई केहि असर पारेको हुदैन । उनिहरुको उदेश्य त एक इज्जत दार महिलाको इज्जत लुटनु अनि त्यहाँ आउने बाधा हरुलाई पनि ख़तम गर्ने सोच बाट अगाडी बड़ी रहेका छन। हामी लाई यो स्तिथिति को बारेमा अबगत भय पछि हामी दुइ जनाले भाग्ने निर्णय गर्छौँ र हामीहरु त्यहाबाट भाग्छौं। हामी भाग्दै गर्दा हामीलाई हेर्ने रमिते हरु पनि थुप्रै देखिन्थे तर हामीलाई बचाउन कोही आयनन। हामी भागी रहेउ तर पनि ती गुंडाहरु हाम्रो पीछा छोड़ेनन। हामी फेरी उनिहरु को घेरा मापरेऊ। हामी २ धेरै पुकार गरेऊ हाम्रो बचाऊ को लागि तर उनिहरु माँ तेस्तो दया भाब केहि देखियन। यस कारण मैले मेरो संगिनी र मेरो आफ्नो बचाऊ को लागि हाम्रा पुर्खा हरु लाई याद गरे जसले ब्रिटिश साम्राज्य संग को लड़ाई मा कुनै हार खायनन। नेपाली बीरहरु बिश्व को कुनै पनि लड़ाई मा पछि हटेनन। म पनि तेहि तागत अनि त्याही शाहस का साथ उनिहरु संग मुकाबिला गरे र येसमा सफल पनि भयं। मेरो रिस यहाँ सम्म पुगेको थियो कि काट्दै रगत पिउन मान लागेको थियो। (यसैमा मलाई एउटा कुरा भन्न मन लग्यो अमेरिका भियतनाम युद्धमा भियतनामी जनताले अमेरिकन हरुको काचो मासु खाएका थिएरे। ) मेरो यस अवस्थाले गर्दा कतिपयलाई त ढालन सफल भए भने कतिपय भाग्दै थिए। यतिकैमा म मेरो डरलाग्दो सपना बाट विउझीए.
      सपना त म सधै देख्ने गर्थे तर ति मेरा जिबन घटना साग संबंदित हुन्थे। धेरै जसो म भुली दिन्थे तर आजको सपना देखे पछि ममा केहि लेख्न मन लग्यो तर मैले लेख्ने काम कहिले पनि गरेको छैन। त्यसैले कमजोरीहरु रहेका छन यसको लागी म तपाई हरु संग माफ़ी माग्न चाहन्छु यसै सपना मा आधारित भएर देशेको वर्तमान स्थितिको बारेमा केहि चर्चा गर्न मन लग्यो ।
      बिस्वको इतिहासमा कसैको पनि गुलामी नभएको बिर गोर्खालीको सन्तान हामी नेपालीहरु हरेक मुलुकमा गएर सस्तो भन्दा सस्तो मूल्यमा अनि बिदेशी को गुलामी गर्न पोख्त भएका छौ । यसको कारन राज्य को अस्थिर अबस्था, जन उतरदायी संविधानको खाचो, राज्य सञ्चालन गर्ने पधाधिकारी को गैर जिम्मेवारी पन र नेताहरुको भ्रष्ट प्रबृतिले गर्दा नेपालका हामी नेपालीहरु आज निकैनै तरल अबस्थामा रहेका छौ। देश भित्रका ठुला पार्टी हरुको पार्टी भित्र को नेत्रित्यमा को पुग्ने भनेर र समग्रमा सप्ताको कुर्सि कस्ले हत्याउने भन्ने खेलले प्रधानमन्त्रीको चुनाब १७/१८ पटक भैसक्यो। कांग्रेस भित्रको नेतृत्वको कलह, एमाले भित्र र भर्खरै मावोबादी भित्रको तिन लाइन नीतिले देशलाइ कुसल नेत्रित्य दिन सकिरहेको अवस्था छैन। ठुला पार्टीहरुको यो हाल हुदा साना पार्टीहरुको भाबना कस्ले सुन्ने। यहि परिस्थितिको फाइदा उठाउदै कतिपए देश भित्रका र कतिपय देश बाहिरका अबैद तत्वहरुले हामी सर्बसाधारण नेपाली जनताहरुलाई लखेटदै नेपाल र नेपाली को अस्थित्व समाप्त पर्दैछन्। नेपाली आमाको अस्मिता लुड्दै छन् यसमा विदेश सक्तीहरुको हात सगै देशी सक्तिको पनि ठुलो हात छ। नेपालमा त ठुला पार्टीहरुका नेताहरु कतिपय ठाउमा हाम्रो अस्थित्व नामेट पर्दै छन् भने कतिय ठाउमा सप्ता स्वार्थको खातिर तपाई हाम्रो अस्थित्व खतरा पर्दा पनि हामी रमिते भएर हेरिरहेका छौ। यदि यो अवस्थामा रहिरह्यो भने नेपाल छिटैनै कंगो, सुडान, हैटी, सोमालिया जस्तो असफल राष्ट्रमा पर्ने बिश्लेषकहरु बताऊछन्। तपाई हामीलाइ थाहा भएकै कुरा हो नेपाल भित्र कति ससत्र समुहहरु छन् जस्सले कतिपय ठाउमा हत्याका घटना घटाएक छन्। आमा, दीद, बहिनीकोहरुको अस्थित्व लुटिरहेका छन भने बालबालिकाहरुलाई अपहरण गरि हत्या गरिरहेकाछन । यसमा सप्ताधारी हरुको पनि मिलेमतो हुन्छ। पुलिश प्रसासनको पनि सामेल भएको पाइन्छ र ती बन्दुक धारी समूहलाइ, ती ससत्र समुहलाई सप्ता धरिहरुलेनलै सहयोग गरिरहेका छन। देशको कानुन र संबिधान यति सम्म अपूर्ण छ कि कुनै पनि कसुरदारलाई कठघरामा जक्नकोलागि संबिदानमा संसोदन गर्नु पर्ने हुन्छ, किनकि ती बिसयहरु उल्लेखनै गरिएको हुदैन। छन् त दोहोरो, तेहेरो अर्थ लाग्ने खालका, जहाँ अपरादिहरु सजिलै सग उम्कन सफल हुन्छन। यस कारण हामी हरुलाई एउटा सफल संबिदान र बलियो कानुनको आबस्यकता छ। देशलाई जातीयताको आधारमा संघिय राज्य हैन एउटा एकिकृत राज्यनै हुनु पर्छ। जातीयता को आधारमा राज्यको गठन गर्दा राज्यले निकै ठुलो घाटा बेहोर्नु पर्ने छ, भोली जातीय साम्प्रदायिक लड़ाई न होला भन्न सकिदैन। यस्ता जातीय लड़ाईहरु हामी बिभिन्न मुलुक मा पाऊछौ । बिदेशी बिस्लेशकहरु भन्छन, “ नेपालिहरुले सुनको थाल थापेर भीख मागीरहेकाछन"। हामीहरूलाई प्रकृतिले प्रचुल मात्रामा सम्पति दिएको छ तर अस्थिर राजनीतिले गर्दा विश्वमा नै गरिब र असफल राष्ट्र बन्दैछ नेपाल। जल स्रोतको बिस्वको दोस्रो धनि देश नेपाल जहा ८३००० हजार मे.गा. वाटको अपार सम्भावना छ । तर हेर्नुसन देश भित्रको लोडसेटिंग, हाम्रा नदिहरु बेचेर बिदेशीले कति उन्नति गरेका छन तर हामीहरु आकासे खेतिको भरपर्छौं। हाम्रा रगत पसिना चुस्नेहरु, हाम्रो र मेटाउन खेज्नेहरु, नेपालि आमा र दिदि बहिनीको अनि श्रीमतीहरुको जिबन लुट चाहनेको बिरुदमा मैले सपनामा गरेको संघर्स जस्तै गर्नु पर्ने बेला आयको छ र यो मेरो सपनालाइ बस्तविक जिबनमा सबैले लागु गर्नु पर्ने भएको छ। त्यसैले नेपाल नागरिक हरु बिस्वको जुनसुकै कुनामा छरिएर रहेपनि सम्बृदी एबम सुन्दर परिवारको समाज अनि रास्ट्रको सपना आजै देखि देख्न सुरु गरौ। तपाईको सपना अनि लक्ष्य प्राप्तिमा आईपर्ने कठिनाई हरु संग सबै मिलेर अगाड़ी बड़ेउ भने अबस्य हाम्रो सबैको चाहना र सुन्दर समाजको कल्पना साकार हुने छ ।

पुण्य प्रसाद सापकोटा
मलिका १ बागलुंग नेपाल
हाल दोहा कतार

Tuesday, 6 September 2011

सालाहरुको गोलीमा डराइमर्नु जिन्दगी


  1. सालाहरुको गोलीमा डराइमर्नु जिन्दगी
       सुन्दर सपनाहरु बोकेर बिदेशिनु सोचेजस्तो कहाँ सबल हुन्छ र ? धन कमाउंला, जस्ताको छानो छाउंला, साहुहरुको ॠण तिरौंला, केही बचेका सुकीहरु लागेर परिवारसंगै बाँकी जिन्दगी मानो पाथिमा बिताउंला भन्ने सपना पनि सबैका कहाँ सफल हुंदा रहेछन् र ? सबल सपना सफल हुनु सजिलो रहेनछ । दशैंमा टीका लगाउन तयार निधार ॠणको पोको बोकेर धनको धोकोमा हिड्नु शायदै सहज होला । हाम्रा पसिना चुसेर पनि नपुगेर राष्ट्रको ढुकुटी लुट्ने भ्रष्टचारीहरु, दिनभरी भारी बोकेर खाने कांधमा गोली ठोक्ने लठैतहरु, संबिधान बनाउने नाममा घरको छाक बचाएर संसद भवनमा लन्च र डिनर खान पल्केका बकम्फुसेहरुको जगजगीले अबसर गुमेपछि परदेश भासिएका लाखौं नेपाली युबक र चेलीहरुका सपना कहाँ साकार भएका छन र ? उपायनास्ती जिन्दगीलाई दुई पैसा कमाउने प्रलोभनले जब अरबको मरुभुमी पुर्याउंछ, ती नेपालाई चेली त्यहि बलात्कृत र हत्या भएका कयौं घटनाहरु ताजै छन्, हाम्रा सामु । धेरै कमाउने अशामा जायज्याथा बेचेर किनिएको हवाइ टिकेटको म्याद नसकिदैं कामको सट्टा जेलमा चिसिनुपर्ने बाध्यताहरु पनि हाम्रै दाजुभाइहरुले भोगेकै कुरा हो ।
गत बर्ष अमेरिकाको बोस्टनमा एउटा सन्कीले हाम्रा दाजुको हत्या गर्‍यो । अमेरिकाको टेक्सास पनि यस्ता हत्या बढी नै हुने स्थानमा गनिन्छ । बाल्टिमोरमा कन्चटमा पेस्तोल नतेर्स्याइएका कमै नेपाली होलान् । अबसरको खोजिमा यसरी परदेशिंदा आफ्नो कर्तब्य निर्बाहको क्रममा सित्तैमा यहाँका ’साला’ अपराधीहरुको गोलिमा जिन्दगी जाने डराइमर्दो अवस्था छ । र हिजो, झापाका हाम्रा भाइ रोशन भण्डारीको हत्या भएको छ ।
दर्दनाक यस्ता घटनाका पछाडि धेरै खेलहरु छन्, त्यो भन्दा बढी संसारमा आफूलाई सर्बेसर्बा ठान्ने कथित अमेरिकी कानुनको । आफूले काम गर्ने ठाउंमा कसैले डकैत (Robbery) गर्‍यो । आफ्नै आंखा अगाडि घटेका घटनाको बेलिबिस्तार स्थानिय प्रशासनलाई जानकारी गराउनै पर्ने । प्रशासनले चोर् देखेको थिइस् भन्छ, सांचो बोलुं – चोरको अगाडि अदालतमा साक्षी बस्न जानु पर्ने । नभनुं, साहुले चोरीले आफूलाई घाटा लागेको बहानामा जागिरबाट लात मारिदिने । जाबो सात डलरको लोभमा काम गर्नुपर्ने हाम्रो मजदुरी जिन्दगी, त्यो पनि सालाहरुको पेस्तोलको गोलीको डरमा । कर्तब्यवान रोशनले चोरको अगाडि प्रस्तुत हुन अदालत जानुपर्ने भो । साला अपराधीहरुले उनलाई अदालत जना लगेकै बखत रोशनले काम गर्ने स्टोरकै अगाडि उनकै कारभित्र गोली ठोके, उनी त्यहिं मरे । कानुनी राजको बखान गरि नथाक्ने अमेरिकी आडम्बरी नियम्, चोरको अगाडि ’हो, त्यहि हो अपराधि’ भन्न जानु पर्ने । साहु हामीले जाबो पानी मिसाएको कोक पियौं कि भनेर घरमा बसेर भिडियो हेर्छ, हामी भने साहुको दोकानमा पानी मिसाएको कोक पनि खेर नजाओस भनेर ट्र्यासमा फ्यांकिएका कपहरु पनि धोइ पखाली राखिदिन्छौं । कसैले मात्रा भन्दा बढी पिएमा ’रिफिल चार्ज’ भन्दै ९९ सेन्टस चार्ज लगाउछौं, झगडा गर्छौं, बिएर चोरेर भाग्न लागे भने आफ्नो अगाडि भएको स्टापलरले चोरको टाउकोमा हान्छौं । इमन्दारिताको त्यो प्रयास कहाँ लागु हुन्छ र ? कहाँ अमेरिकी जिससले देख्छन र ? बदालामा साला अपराधीहरुको गोली हामि नै खान्छौं । लस एन्जलसमा हिजो अपराधीहरुले ’साक्षि’ बिचरा भाइ रोशनको जिन्दगी नै उडाइदिए, २ घन्टा पछि पुलिस आयो रे, अपराधी भग्यो । साहुले के गुमायो त ? मुला सात डलरे हाम्रो जिन्दगी त्यसै जान्छ । बेरोजगारीले डकैती बढेको छ, अमेरिकाको कुनै पनि कुनामा । फेरि जहाँ कुनो, त्यहि ७-११ भने स्टोर । डकैतहरु त लुट्न कुनो खोइज्दै न आंउछन्, त्यहि कुनामा हामीहरु काम गरिराखेका हुन्छम्, अनाहकमा आफ्नै दुनो मासिरहेका हुन्छौं, त्यहां सिंगो अमेरिका हुन्छ, जहां अपराधीहरु धेरै हुन्छन् ।
त्यो सुन्दर जन्मभुमिमा बत्ति बल्दैन । यहाँ बत्ति बलिराखेकै बेलामा हामीलाई गोली ठोक्छन । चोर नेताहरुका सन्तान पजेरोमा सवार हुदैं भारतिय बोर्डिङ पढ्छन्, यहाँ हामि घन्टाको सात डलरमा काम गरेर, कलेजको शुल्क तिरेर बचेँको पैसाले एउटा खटारो किन्छम । राष्ट्रको ढुकुटी डकैत गर्नेका सन्तानहरु सुरा र सुन्दरीको साथमा तिनका बाउका शेयर भएको क्यासिनोमा च्याखे थाप्छन्, यहाँ हामी थोत्रो फ्रिजरमा राखेको बासी पिज्जा टोक्दै साहुलाई अझै साहु बनाउन छातीमा गोली थाप्छम । जाँडले लठ्ठ भ्रष्टचारीका सन्तान लिन क्यासिनो र नाङ्गा बारमा गार्ड सहित पजेराहरु पुग्छन्, ती अर्धम्रित जाडका पोकाहरु उठाउन । यहाँ हाम्रो लाश उठाउने कोहि हुदैन । बियोग र बेदनामा बित्दो रहेछ, परदेशको जिन्दगी । कसलाई भनेर के नै पो मिल्दो रहेछ र ?
     रामेश्वर खनाल जस्ता कर्मठ कर्मचारी अट्दैनन्, देशको काममा । कुलेखानी सुक्यो, मर्स्यांदी बग्दैन । कालिगन्डकी कहिले बनेर देशले बिजुली पाउने ? भारतबाट ’दो रुपये’ लिएर नेपाल छिरेकाहरुको भलाइका लागि झलनाथ खनाल र भरतमोहनहरुको लालमोहर लाग्छ । १० औं खर्ब रुपैया कर छल्ने चौधरी र गोल्छाहरुको पन्जामा अडेको छ, मुलुक । राष्ट्र बनाउन खलाती खियाउने गोल्छेहरुको आरान बन्द, आवाज बन्द र आवास बन्द । ससुरालीको आडमा अबैध धन्दा गर्ने रुबेल चौधरीहरुको पेवा रहेछ, नेपाल । मामाघरमा मजाले फलेको मेवा रहेछ, नेपाल बिनोद चौधरीहरुको । यी देश् लुटुवाहरुलाई दिने पैसा नेपाल आमाले अरबको खाडिमा पसिना चुहाउने ज्यानहरुलाई दिएको भए, कति कुखुराहरु पालिन्थे होला ? काउली कति फल्दाहुन्, खोरियाहरुमा ? कोरियाहरुमा सपना सजाउन पासपोर्ट लिना पररास्ट्र मन्त्रालयमा तीन दिनदेखी लाइन लागेका ’शक्ति’लाई सक्छन भने झलनाथले लाइनमै कम्तिमा १० हजार रुपैया ॠण हातमा राखिदिने शाहस गरुन् । अनी हेरौं, कहाँ के फल्दोरहेछ ? त्यसो त, हाम्रो त न पेवा न मेवा ! आमाले पेवामा पाल्नुभाको रतौली बाख्रा र मामघरका हजुरबुवाले दिनुभाको खोरिया बेचेर परदेश आइयो । काम नगरौ, के खाने ? ॠणको त कुरै छाडौं, गरौं, सालाहरुको पेस्तोलको डराइमर्दो जिन्दगी ।
रोशन भण्डारीको आत्माले शान्ति पाओस् । हार्दिक श्रद्धान्जली तिमीलाई !!!

STORY OF DIRT


DIRT

     One day a farmer's donkey fell down into a well. The animal cried piteously for hours as the farmer tried to figure out what to do. Finally, he decided the animal was old, and the well needed to be covered up anyway; it just wasn't worth it to retrieve the donkey.
     He invited all his neighbors to come over and help him. They all grabbed a shovel and began to shovel dirt into the well. At first, the donkey realized what was happening and cried horribly. Then, to everyone's amazement he quieted down.
     A few shovel loads later, the farmer finally looked down the well. He was astonished at what he saw. With each shovel of dirt that hit his back, the donkey was doing something amazing. He would shake it off and take a step up.
     As the farmer's neighbors continued to shovel dirt on top of the animal, he would shake it off and take a step up. Pretty soon, everyone was amazed as the donkey stepped up over the edge of the well and happily trotted off.
                                                                      MORAL:

     Life is going to shovel dirt on you, all kinds of dirt. The trick to getting out of the well is to shake it off and take a step up. Each of our troubles is a steppingstone. We can get out of the deepest wells just by not stopping, never giving up! Shake it off and take a step up.
Remember the five simple rules to be happy:
     1. Free your heart from hatred - Forgive.
     2. Free your mind from worries - Most never happens.
     3. Live simply and appreciate what you have.
     4. Give more.
     5. Expect less from people but more from God.