Saturday, 17 September 2011

मेरो सपना (My Dream)

                                       मेरो सपना

      आखा भरि आसु हृदय भरि घाउ अनि मुटुभरी आफ्नो परिवार र गाउघरको माया बोकेर साहुको ऋण तिर्ने अनि सुन्दर भबिस्यको सपना बोकी दोहा कतारमा आयकों पनि ३ वर्ष पुरा भै सकेछ, तर पनि साहुको ऋण र मेरा सुन्दर सपनाहरु आजै पनि बाकीनै छन्। यसका साथ साथै मैले धेरै अरु सपनाहरु पनि देखने गरेको छू जून जिबनलाई सार्थक बनाउने देखि लियर, सुन्दर समाजको निर्माण गर्ने पनि रहेका छन। तर आज म ति सपनाहरुको बारेमा चर्चा गर्न पट्टी लाग्दिन किनकि ति सपनाहरुको चर्चा गर्न पट्टी अहिले लागे भने मैले सुत्नु पर्ने समयलाई पनि गुमाउनु पर्ने छ। मेरो सुत्ने समय निश्चित गरिएको छ। बाकी समय सबै मैले कम्पनीको काम गर्नु पर्छ। आज मेरो सपना ती उदेश्य प्राप्तीका लागी देख्ने गरेका भन्दा खतर्नाक र डरलाग्दो छ। हामीहरु सबैले सपना त देख्ने गर्छौ तर त्यसलाई वास्तविक जिबन सग र समाज सग मुल्यांकन गरेर हेरिदैन त्यसै भुली दिन्छौ। त्यसैले तपाईं हरुलाई म अब हिजोराति मैले देखेको सपना को कहानी भन्न गैरहेछु। मलाई यो भन्न लाग्दै गर्दा एकातिर निकै डर लागि रहेको छ भने अर्को तिर भित्र भित्रै आगोको ज्वाला दन्की रहेको छ। त्यही सपनाले गर्दा मलाई केहि शब्द लेख्नलाई आतुर गरायो जुन मेरो दिमागमा आझै ताजा छ. र त्यो यस प्रकार रहेको छ ।
      घटना स्थल मलाई राम्रो सग थाहा भएन कुनै नयाँ ठाउँ हुन पर्छ। जहाँ म र मेरी जिबन संगिनी हुन्छौ र चारै तिरबाट केहि हात हतियार सहितका मानिसहरुले हामीहरुलाई घेरा हालिएको हुन्छन । थाहा छैन हामीहरु त्यस्तो अबस्थामा कसरि पुग्यौ। हामीहरु नाग्गीएका हुन्छौ मुस्किलले हाम्रो सरिरको लाज ढाक्ने बस्त्रहरु पनि हुदैन। ति हतियार सहितका गुन्डाहरु म माथि आक्रमण गरि मेरो जिबन संगीको अस्मिता लुट्न खोग्दै हुन्छन। हामी दुइ निरिह प्राणी हुन्छौ। म आफु माथि भएको प्रहारलाई बेवास्ता गर्दै मेरी संगीनिको अस्थित्व बचाउन खोजी रहेको हुन्छु तर उनीहरुलाई केहि असर पारेको हुदैन । उनिहरुको उदेश्य त एक इज्जत दार महिलाको इज्जत लुटनु अनि त्यहाँ आउने बाधा हरुलाई पनि ख़तम गर्ने सोच बाट अगाडी बड़ी रहेका छन। हामी लाई यो स्तिथिति को बारेमा अबगत भय पछि हामी दुइ जनाले भाग्ने निर्णय गर्छौँ र हामीहरु त्यहाबाट भाग्छौं। हामी भाग्दै गर्दा हामीलाई हेर्ने रमिते हरु पनि थुप्रै देखिन्थे तर हामीलाई बचाउन कोही आयनन। हामी भागी रहेउ तर पनि ती गुंडाहरु हाम्रो पीछा छोड़ेनन। हामी फेरी उनिहरु को घेरा मापरेऊ। हामी २ धेरै पुकार गरेऊ हाम्रो बचाऊ को लागि तर उनिहरु माँ तेस्तो दया भाब केहि देखियन। यस कारण मैले मेरो संगिनी र मेरो आफ्नो बचाऊ को लागि हाम्रा पुर्खा हरु लाई याद गरे जसले ब्रिटिश साम्राज्य संग को लड़ाई मा कुनै हार खायनन। नेपाली बीरहरु बिश्व को कुनै पनि लड़ाई मा पछि हटेनन। म पनि तेहि तागत अनि त्याही शाहस का साथ उनिहरु संग मुकाबिला गरे र येसमा सफल पनि भयं। मेरो रिस यहाँ सम्म पुगेको थियो कि काट्दै रगत पिउन मान लागेको थियो। (यसैमा मलाई एउटा कुरा भन्न मन लग्यो अमेरिका भियतनाम युद्धमा भियतनामी जनताले अमेरिकन हरुको काचो मासु खाएका थिएरे। ) मेरो यस अवस्थाले गर्दा कतिपयलाई त ढालन सफल भए भने कतिपय भाग्दै थिए। यतिकैमा म मेरो डरलाग्दो सपना बाट विउझीए.
      सपना त म सधै देख्ने गर्थे तर ति मेरा जिबन घटना साग संबंदित हुन्थे। धेरै जसो म भुली दिन्थे तर आजको सपना देखे पछि ममा केहि लेख्न मन लग्यो तर मैले लेख्ने काम कहिले पनि गरेको छैन। त्यसैले कमजोरीहरु रहेका छन यसको लागी म तपाई हरु संग माफ़ी माग्न चाहन्छु यसै सपना मा आधारित भएर देशेको वर्तमान स्थितिको बारेमा केहि चर्चा गर्न मन लग्यो ।
      बिस्वको इतिहासमा कसैको पनि गुलामी नभएको बिर गोर्खालीको सन्तान हामी नेपालीहरु हरेक मुलुकमा गएर सस्तो भन्दा सस्तो मूल्यमा अनि बिदेशी को गुलामी गर्न पोख्त भएका छौ । यसको कारन राज्य को अस्थिर अबस्था, जन उतरदायी संविधानको खाचो, राज्य सञ्चालन गर्ने पधाधिकारी को गैर जिम्मेवारी पन र नेताहरुको भ्रष्ट प्रबृतिले गर्दा नेपालका हामी नेपालीहरु आज निकैनै तरल अबस्थामा रहेका छौ। देश भित्रका ठुला पार्टी हरुको पार्टी भित्र को नेत्रित्यमा को पुग्ने भनेर र समग्रमा सप्ताको कुर्सि कस्ले हत्याउने भन्ने खेलले प्रधानमन्त्रीको चुनाब १७/१८ पटक भैसक्यो। कांग्रेस भित्रको नेतृत्वको कलह, एमाले भित्र र भर्खरै मावोबादी भित्रको तिन लाइन नीतिले देशलाइ कुसल नेत्रित्य दिन सकिरहेको अवस्था छैन। ठुला पार्टीहरुको यो हाल हुदा साना पार्टीहरुको भाबना कस्ले सुन्ने। यहि परिस्थितिको फाइदा उठाउदै कतिपए देश भित्रका र कतिपय देश बाहिरका अबैद तत्वहरुले हामी सर्बसाधारण नेपाली जनताहरुलाई लखेटदै नेपाल र नेपाली को अस्थित्व समाप्त पर्दैछन्। नेपाली आमाको अस्मिता लुड्दै छन् यसमा विदेश सक्तीहरुको हात सगै देशी सक्तिको पनि ठुलो हात छ। नेपालमा त ठुला पार्टीहरुका नेताहरु कतिपय ठाउमा हाम्रो अस्थित्व नामेट पर्दै छन् भने कतिय ठाउमा सप्ता स्वार्थको खातिर तपाई हाम्रो अस्थित्व खतरा पर्दा पनि हामी रमिते भएर हेरिरहेका छौ। यदि यो अवस्थामा रहिरह्यो भने नेपाल छिटैनै कंगो, सुडान, हैटी, सोमालिया जस्तो असफल राष्ट्रमा पर्ने बिश्लेषकहरु बताऊछन्। तपाई हामीलाइ थाहा भएकै कुरा हो नेपाल भित्र कति ससत्र समुहहरु छन् जस्सले कतिपय ठाउमा हत्याका घटना घटाएक छन्। आमा, दीद, बहिनीकोहरुको अस्थित्व लुटिरहेका छन भने बालबालिकाहरुलाई अपहरण गरि हत्या गरिरहेकाछन । यसमा सप्ताधारी हरुको पनि मिलेमतो हुन्छ। पुलिश प्रसासनको पनि सामेल भएको पाइन्छ र ती बन्दुक धारी समूहलाइ, ती ससत्र समुहलाई सप्ता धरिहरुलेनलै सहयोग गरिरहेका छन। देशको कानुन र संबिधान यति सम्म अपूर्ण छ कि कुनै पनि कसुरदारलाई कठघरामा जक्नकोलागि संबिदानमा संसोदन गर्नु पर्ने हुन्छ, किनकि ती बिसयहरु उल्लेखनै गरिएको हुदैन। छन् त दोहोरो, तेहेरो अर्थ लाग्ने खालका, जहाँ अपरादिहरु सजिलै सग उम्कन सफल हुन्छन। यस कारण हामी हरुलाई एउटा सफल संबिदान र बलियो कानुनको आबस्यकता छ। देशलाई जातीयताको आधारमा संघिय राज्य हैन एउटा एकिकृत राज्यनै हुनु पर्छ। जातीयता को आधारमा राज्यको गठन गर्दा राज्यले निकै ठुलो घाटा बेहोर्नु पर्ने छ, भोली जातीय साम्प्रदायिक लड़ाई न होला भन्न सकिदैन। यस्ता जातीय लड़ाईहरु हामी बिभिन्न मुलुक मा पाऊछौ । बिदेशी बिस्लेशकहरु भन्छन, “ नेपालिहरुले सुनको थाल थापेर भीख मागीरहेकाछन"। हामीहरूलाई प्रकृतिले प्रचुल मात्रामा सम्पति दिएको छ तर अस्थिर राजनीतिले गर्दा विश्वमा नै गरिब र असफल राष्ट्र बन्दैछ नेपाल। जल स्रोतको बिस्वको दोस्रो धनि देश नेपाल जहा ८३००० हजार मे.गा. वाटको अपार सम्भावना छ । तर हेर्नुसन देश भित्रको लोडसेटिंग, हाम्रा नदिहरु बेचेर बिदेशीले कति उन्नति गरेका छन तर हामीहरु आकासे खेतिको भरपर्छौं। हाम्रा रगत पसिना चुस्नेहरु, हाम्रो र मेटाउन खेज्नेहरु, नेपालि आमा र दिदि बहिनीको अनि श्रीमतीहरुको जिबन लुट चाहनेको बिरुदमा मैले सपनामा गरेको संघर्स जस्तै गर्नु पर्ने बेला आयको छ र यो मेरो सपनालाइ बस्तविक जिबनमा सबैले लागु गर्नु पर्ने भएको छ। त्यसैले नेपाल नागरिक हरु बिस्वको जुनसुकै कुनामा छरिएर रहेपनि सम्बृदी एबम सुन्दर परिवारको समाज अनि रास्ट्रको सपना आजै देखि देख्न सुरु गरौ। तपाईको सपना अनि लक्ष्य प्राप्तिमा आईपर्ने कठिनाई हरु संग सबै मिलेर अगाड़ी बड़ेउ भने अबस्य हाम्रो सबैको चाहना र सुन्दर समाजको कल्पना साकार हुने छ ।

पुण्य प्रसाद सापकोटा
मलिका १ बागलुंग नेपाल
हाल दोहा कतार

No comments:

Post a Comment